Kathmandu Press

दुई लाख मात्रा खोप माल्दिभ्सबाट आइपुग्यो

काठमाडौं, कात्तिक १५ : माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ। माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६००...
दुई लाख मात्रा खोप माल्दिभ्सबाट आइपुग्यो

काठमाडौं, कात्तिक १५ : माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ। माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा खोप गए राति काठमाडौं आइपुगेको हो।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार ती खोपलाई अहिले टेकुस्थित विभागको खोप भण्डारण कक्षमा राखिएको छ।

उनले खोप लगाउन बाँकीलाई उक्त खोप लगाइने बताए। नेपालमा अहिलेसम्म ८६ लाख ६८ हजार ५९२ जनालाई पहिलो मात्रा र ७१ लाख ८९ हजार ६८९ जनालाई पूर्ण मात्राको खोप लगाइसकेको छ।

 

प्रकाशित मिति: १४:३५ बजे, सोमबार, कात्तिक १५, २०७८