भायनेटको सेवा अब जनकपुर र बर्दिवासमा
काठमाडौं, कात्तिक १५ : नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक भायनेट कम्युनिकेसन्स प्रा.लि. ले जनकपुर...
काठमाडौं, कात्तिक १५ : नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक भायनेट कम्युनिकेसन्स प्रा.लि. ले जनकपुर र बर्दिवासमा एकसाथ आफ्नो सेवा सुचारु गरेको छ । सोमबार सेवा विस्तारसँगैं कम्पनीले देशका २४ शहरहरुमा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गरिसकेको छ ।
जनकपुर र बर्दिवासमा सेवा विस्तार गर्दै भायनेटले १ वर्ष सब्सक्रिप्सन गर्ने ग्राहकहरुलाई ४ महिना तथा ३ महिना सब्सक्रिप्सन गर्ने ग्राहकहरुलाई २ महिना निःशुल्क इन्टरनेट सेवा प्रदान गर्नेछ । साथै पहिलो एक सय जना वार्षिक ग्राहकहरुलाई ४८ जिबी मोबाइल डाटा जगेडा भएको एनसेलको सिम कार्ड सित्तैंमा प्रदान गर्ने योजना रहेको कम्पतीले जनाएको छ ।
भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवा पनि शुभारम्भ गरेको थियो ।
यस्तै भायनेटले आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय गुणस्तरिय सेवा प्रदान गर्न विश्वका प्रमुख ब्राण्डहरु नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री ब्राण्डहरुसँग सहकार्य गरेर देशभर पछिल्लो अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवा विस्तार गर्ने उद्देश्य राखेको छ ।
जनकपुर र बर्दिवासमा इन्टरनेट सेवा विस्तारका सम्बन्धमा जानकारी दिंदै कम्पनीका सिइओ श्री सेवा पाठक भन्छन् ‘हामी ग्राहकहरुलाई उच्चकोटी एवं उच्च क्षमताका फास्ट स्पिडको इन्टरनेट सेवाको आनन्द प्रदान गर्न दत्तचित्त छौं । हाम्रा प्राविधिकहरु हर हमेसा त्यही लक्ष्यमा समर्पित भएर कार्य सम्पादन गरिरहेका छन् । मलाई विश्वास छ, जनकपुर र बर्दिवासका ग्राहकहरुले अब बिना कुनै व्यवधान इन्टरनेट सेवा प्राप्त गरेर आफूहरुलाई सारा विश्वसँग जोड्न सफल हुनु हुनेछ ।’ साथै आफ्ना ग्रहकलाई भायनेटको सेवा लिइ सधैं अद्यावधिक एवं सुसूचित र सुनिश्चित रहन उनले आग्रह गरेका छन् ।











