मोरङमा अवैध पटाका नष्ट
मोरङ, कात्तिक १५ : अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको करिब ३ लाख ३४ हजार ८ सय रुपैयाँ मूल्य बराबरका...
मोरङ, कात्तिक १५ : अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको करिब ३ लाख ३४ हजार ८ सय रुपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका पटाका आइतबार साँझ नष्ट गरिएको छ।
अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा विभिन्न मितिमा फेला पारी बरामद उक्त पटाकाहरु स्थानीय प्रतिनिधिको रोहवरमा जिल्ला प्रहरी कार्यालय मोरङको कम्पाउण्डभित्र नष्ट गरिएको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:५८ बजे, सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












