७ वर्षीया बालिका बलात्कार आरोपमा ५५ वर्षीय पुरुष पक्राउ
झापा, कात्तिक १५ : ७ वर्षीया बालिका बलात्कार आरोपमा ५५ वर्षीय पुरुष आइतबार दिउँसो झापाबाट पक्राउ परेका छन्।पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–११ आरती टोल बस्ने ५५...
झापा, कात्तिक १५ : ७ वर्षीया बालिका बलात्कार आरोपमा ५५ वर्षीय पुरुष आइतबार दिउँसो झापाबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–११ आरती टोल बस्ने ५५ वर्षीय देवीबहादुर कुँवर रहेकाे प्रहरीले जनाएकाे छ।
जबरजस्ती करणीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:०७ बजे, सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











