Kathmandu Press

वागमतीका मुख्यमन्त्री पाण्डेले २२ कात्तिकमा विश्वासको मत लिँदै

काठमाडौं, कात्तिक १५ : वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आगामी २२ कात्तिक मा विश्वासको मत लिने भएका छन्।मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेश...
वागमतीका मुख्यमन्त्री पाण्डेले २२ कात्तिकमा विश्वासको मत लिँदै

काठमाडौं, कात्तिक १५ : वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आगामी २२ कात्तिक मा विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।

गत बिहीबार सत्ता गठबन्धनका तर्फबाट ५९ जना प्रदेश सभा सदस्यको समर्थनमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री पाण्डेले २२ गते प्रदेशसभा बैठकबाट विश्वासको मत लिनका लागि त्यससम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको छ ।

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बनेका हुन् ।

प्रकाशित मिति: १२:३८ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्