बहुमत जुटाउन नसकेपछि राजीनामा दिँदै प्रदेश-१ का मुख्यमन्त्री आचार्य
बहुमत जुटाउन नसकेपछि प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन्।
काठमाडौं, कात्तिक १५ : बहुमत जुटाउन नसकेपछि प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।
साढे १२ बजे सुरु हुने प्रदेशसभा बैठकमा उनले राजीनामा घोषणा गर्न लागेका हुन् । उनी निकट एक एमाले नेताका अनुसार मुख्यमन्त्री नियुक्त भएयता आफ्नो सरकारले गरेका कामका बारेमा जानकारी दिँदै राजीनामा घोषणा गर्ने तयारीमा उनी छन् ।
मुख्यमन्त्री आचार्यले प्रस्तुत गरेको विश्वासको मत प्रस्तावमाथि निर्णय गर्न प्रदेशसभा बैठक बस्न लागेको हो । तर, उनी विश्वासको मत विभाजनअघि नै राजीनामा दिने मनस्थितिमा देखिएका हुन् ।
९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१ (सभामुखसहित), कांग्रेस २१, माओवादी केन्द्र १५, नेकपा (एकीकृत समाजवादी) १०, जसपा तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ सांसद छन् । तीमध्ये एमालेका एक सांसद किर्ते मुद्दामा परेपछि फरार छन् ।
कांग्रेस, माओवादी केन्द्र र जसपाका गरी ४९ सांसद छन् । बहुमत पुर्याउन ४७ सांसद भए पुग्छ । विपक्षी गठबन्धनसँग नयाँ सरकार बनाउन पर्याप्त संख्या छ ।











