Kathmandu Press

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं, कात्तिक १५ : नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको...
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं, कात्तिक १५ : नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। आइतबार उक्त सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ रहेकामा आइतबार प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको थियो।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार २४५ कायम भएको छ। चाँदी आइतबार प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

प्रकाशित मिति: ११:५३ बजे, सोमबार, कात्तिक १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्