Kathmandu Press

शेयर बजार मुख्य टेवा क्षेत्रमा 

काठमाडौं, साउन २८ : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक २ दशमलव ७८ अंकले घटेर १२३१ दशमलव ०७ को विन्दुमा पुगेको छ।

दोस्रो ब....

शेयर बजार मुख्य टेवा क्षेत्रमा 

काठमाडौं, साउन २८ : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक २ दशमलव ७८ अंकले घटेर १२३१ दशमलव ०७ को विन्दुमा पुगेको छ।

दोस्रो बजार परिसूचकमा ० दशमलव २३ प्रतिशतकोे गिरावट देखिएको छ। १२३३ दशमलव ८५ को विन्दुमा खुलेको दोस्रो  बजार १२३६ दशमलव ५० को उच्च विन्दुसम्म पुगेको थियो। 

बजारको न्यून विन्दु १२२८ दशमलव ८९ रहँदा दिनभरमा ४८ करोड १६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  

Hardik ivf

आजको बजार अवस्था 

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै माछापुच्छ्रे  बैंक लिमिटेडको शेयर किनबेच भएको छ। माछापुच्छ्रे बैंक लिमिटेडको १२ करोड ९६ लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका शेयरधनीले सर्वाधिक ७ दशमलव ६२ प्रतिशतले कमाए भने एनएलजी इन्स्योरेन्स कम्पनीका शेयरधनीले सर्वाधिक ३ दशमलव ७२ प्रतिशतले गुमाए। 

प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको विश्लेषणको निष्कर्ष अनुसार यदि बजार १२३० भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजार यो टेवा क्षेत्रभन्दा तल रहेपनि स्थिर रहन सकेन र बजार पुनः यो विन्दुभन्दा माथि बन्द भएको छ।  

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार १२३० को टेवा क्षेत्रमा रहेको छ। आजको मैनबत्ती आकृतिलाई आधार मानेर परिमाणलाई हेर्दा बजारमा क्रेताभन्दा विक्रेताको चाप रहेको संकेत गरेको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत २ कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो अन्योल अवस्थामा रहेको बजार आज केही घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। 

आज २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु फराकिलो हुँदै गएकाले बजारमा विक्रेता हाबी रहेको संकेत गरेको छ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५१ दशमलव ६५ अंकमा रहेको छ। यसको प्रवृत्तिले कारोबारको अन्तिम समयमा क्रेताको चाप रहेको संकेत गरेको छ।

स्टोकास्टिक अक्सिलेटरले बजार केही समयका लागि सकारात्मक हुन सक्ने संकेत गरेको छ। 

निष्कर्ष 

माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकले फरक–फरक संकेत गरे पनि समग्रमा हेर्दा बजार १२०० देखि १२४० को मुख्य टेवा क्षेत्रमा रहेको छ। जहाँ  खरिदकर्ताहरु बजारमा प्रवेश गर्न सक्ने प्रवल सम्भावना रहेपनि बजारको सकारात्मक संकेत पर्खनु पर्ने देखिएकाले बजारबाट हुन सक्ने जोखिम कम गर्न चाहनेहरुले हाल पर्ख र हेरको रणनीति अपनाउनु उपयुक्त देखिन्छ। 
 

प्रकाशित मिति: १८:१८ बजे, मंगलबार, साउन २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्