मनाङकाे स्याउ फार्ममा राष्ट्रपति (तस्बिरहरू)
काठमाडौं, कात्तिक १५ : राष्ट्रपति विद्यादेवी भण्डारी स्याउबारी अवलोकन तथा बाढीपहिरोबाट भएका क्षतिको निरीक्षण गर्न आज बिहान मनाङ पुगेकी छन्।काठमाडौंबाट हेलिकप्टरमार्फत् राष्ट्रपति भण्डारी...काठमाडौं, कात्तिक १५ : राष्ट्रपति विद्यादेवी भण्डारी स्याउबारी अवलोकन तथा बाढीपहिरोबाट भएका क्षतिको निरीक्षण गर्न आज बिहान मनाङ पुगेकी छन्।
काठमाडौंबाट हेलिकप्टरमार्फत् राष्ट्रपति भण्डारी मनाङ पुगेकी हुन्।
मनाङमा सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको राष्ट्रपतिले अवलोकन गरेकी छन्।
सात सय ३५ रोपनी क्षेत्रफल ओगटेको यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेन लगायतका स्याउ उत्पादन हुँदै आएको छ ।
शनिबारदेखि राष्ट्रपति भण्डारी आन्तरिक भ्रमणमा व्यस्त छिन्।

प्रकाशित मिति: १०:३८ बजे, सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











