Kathmandu Press

हवाइ इन्धनको मूल्य बढाएकोमा वायुसेवा सञ्चालक संघको आपत्ति

काठमाडौं, कात्तिक १४ : हवाइ इन्धनको मूल्य बढाएकोमा वायुसेवा सञ्चालक संघले आपत्ति जनाएको छ।संघले आइतबार एक विज्ञप्ति जारी गर्दै इन्धनमा भएको मूल्यवृद्धिको विरोध...
हवाइ इन्धनको मूल्य बढाएकोमा वायुसेवा सञ्चालक संघको आपत्ति

काठमाडौं, कात्तिक १४ : हवाइ इन्धनको मूल्य बढाएकोमा वायुसेवा सञ्चालक संघले आपत्ति जनाएको छ।

संघले आइतबार एक विज्ञप्ति जारी गर्दै इन्धनमा भएको मूल्यवृद्धिको विरोध गरेको हो । नेपाल आयल निगमले शुक्रबार हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ बढाएको थियो। यस्तै,  डिजेल र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो ।

निगमको यो निर्णयसँगै आन्तरिक वायुसेवालाई अत्यधिक व्ययभार पर्न जाने संघले जनाएको छ।  

आगामी दिनमा यस्ता निर्णय गर्नुअगावै सरोकारवालासँग परामर्श लिन पनि निगमलाई संघले माग गरेको छ। 

प्रकाशित मिति: १९:०१ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्