Kathmandu Press

प्रधानन्यायाधीशसँग वार्ता गर्न बनाइयो तीन न्यायाधीशको टोली

काठमाडौं, कात्तिक १४ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता गर्ने जिम्मेवारी न्यायाधीशत्रय अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई दिइएको छ।सर्वोच्च अदालतका न्यायाधीशहरूले...
प्रधानन्यायाधीशसँग वार्ता गर्न बनाइयो तीन न्यायाधीशको टोली

काठमाडौं, कात्तिक १४ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता गर्ने जिम्मेवारी न्यायाधीशत्रय अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई दिइएको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको सहज बहिर्गमनको उपाय खोजिरहेका छन्। त्यसबारे प्रधानन्यायाधीशसँगै छलफल गर्न आज तीन न्यायाधीशको टोली  बनाइएको एक न्यायाधीश बताए।

न्यायाधीशले प्रधानन्यायाधीशसँग आजै छलफल गर्ने बताइएको छ। प्रधानन्यायाधीश जबरा सकारात्मक भए सोमबार औपचारिक छलफल हुने जनाइएको छ।

न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले न्यायालयको नेतृत्व गर्न नसकेको आरोप लगाउँदै आएका छन्। जबराले राजीनामा दिएर न्यायालयलाई निकास दिनुपर्ने उनीहरुकाे माग छ। उनीहरुले मुद्दाको सुनुवाइ पनि बहिष्कार गर्दै  आएका छन्।

प्रकाशित मिति: १७:४० बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्