Kathmandu Press

सैनिक अदालतमा पठाइएको मुद्दा फर्काउन अन्तरिम आदेश, विपक्षीसँग लिखित जवाफ माग

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले दिएको सो आदेशसँगै जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौंडा इजलासले सैनिक अदालतमा पठाएको मुद्दा फेरि जिल्ला अदालतमै फर्किने भएको छ।
सैनिक अदालतमा पठाइएको मुद्दा फर्काउन अन्तरिम आदेश, विपक्षीसँग लिखित जवाफ माग

काठमाडौं, कात्तिक १४ : सर्वोच्च अदालतले नेपाली सेनाका एक कर्मचारीमाथि लागेको कर्तव्य ज्यानसम्बन्धी मुद्दाको सुनुवाइ सैनिक अदालतमा नभई नियमित अदालतमा नै हुने गरी आइतबार अन्तरिम आदेश जारी गरेको छ। सो आदेशसँगै विपक्षीसँग लिखित जवाफ पनि माग गरिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले दिएको सो आदेशसँगै जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौंडा इजलासले सैनिक अदालतमा पठाएको मुद्दा फेरि जिल्ला अदालतमै फर्किने भएको छ।

मुद्दा सैनिक अदालतमा पठाउने आदेश विरुद्ध महान्यायाधिवक्ता कार्यालयले चितवन जिल्ला अदालतसमेतलाई विपक्षी बनाएर दायर गरिएको रिटमा सुनुवाइ गर्दै उक्त मुद्दा चितवन जिल्ला अदालतमै फर्काउने अन्तरिम आदेश दिएको हो।

नियमित अदालतले सुनुवाइ गर्नुपर्ने मुद्दा जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौंडा इजलासले सैनिक अदालतमा पठाउने आदेश गरेपछि उक्त आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा रिट दिएको थियो ।

न्यायाधीशहरू र कानुन व्यवसायीबाट राजीनामाको दबाब खेपिरहेका प्रधानन्यायाधीश जबराले आज उक्त मुद्दामा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेका हुन्।

प्रकाशित मिति: १७:२५ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्