फागुन १४ मा स्ववियु निर्वाचन गर्न अनेरास्ववियुकाे माग
काठमाडौं, कात्तिक १४ : एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेको छ।अनेरास्ववियुले आज त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाउँदै लामो...
काठमाडौं, कात्तिक १४ : एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेको छ।
अनेरास्ववियुले आज त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि विभिन्न बहानामा रोकिएको स्ववियु निर्वाचन २०७८ फागुन १४ मा सम्पन्न गर्ने गरी कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेको हो।
चिकित्साशास्त्र अध्ययन संस्थान महराजगन्जले गरेको शुल्क वृद्धिसम्बन्धी निर्णय तत्काल फिर्ता लिन र चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गर्न पनि अनेरास्ववियुले माग गरेको छ।
त्रिविले अध्यापन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्कालै अनिवार्य सञ्चालन गर्नुपर्नेलगायत माग अनेरास्ववियुले गरेको छ।
प्रकाशित मिति: १७:०८ बजे, आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











