Kathmandu Press

कलंकी–चाबहिल सडक विस्तारको तयारी शुरू

काठमाडाैं, साउन २८ : चीन सरकारले चक्रपथको कलंकीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहँदा यस खण्डमा स....

कलंकी–चाबहिल सडक विस्तारको तयारी शुरू
फाइल

काठमाडाैं, साउन २८ : चीन सरकारले चक्रपथको कलंकीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहँदा यस खण्डमा सडक खाली गराउने काम शुरु भएको छ। 

सडक विभाग, चक्रपथ सुधार योजनाले कलङ्कीदेखि महाराजगञ्ज हुँदै चावहिलसम्म सडकको अधिकार क्षेत्रभित्र पर्ने स्थान खाली गराउन लागेको हो। सडकमा रहेका रूख, बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन लागिएको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए।

उनका अनुसार कतिपय संरचना हटाउनका लागि विभिन्न निकायसँग सहकार्य हुनेछ। उनले भने, “ठेक्का गरेर भएका रूख कटाउनेलगायतका काम शुरु गरिएको छ।”

चक्रपथको चौडाइ सडकको मध्य भागबाट ३१ मिटर रहेको छ। चिनियाँको प्रतिवेदन आएपछि नै सडकको चौडाइ कति कायम हुने भन्ने टुङ्गो लाग्ने इञ्जिनीयर शर्माले बताए। उनले भने,“अहिले हामीले चक्रपथको मापदण्डका आधारमा सडक खाली गराउन लागेका छौं।”

चक्रपथको पहिलो खण्डका रुपमा रहेको कोटेश्वर–कलङ्की सडक सम्पन्न हुनासाथ दोस्रो खण्डको अध्ययन शुरु भएको हो। नेपाल सरकारलाई गत वर्ष नै चीन सरकारले निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरिसकेको छ। अध्ययन गरिरहेको चीन सरकारले नै सो सडकको समेत विस्तारको काम गर्नेछ। 

प्रकाशित मिति: १६:१६ बजे, मंगलबार, साउन २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्