Kathmandu Press

अर्थ मन्त्रालयले अघि बढायो नेप्सेमा सिइओ नियुक्ति प्रक्रिया 

काठमाडौं, कात्तिक १४ : अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया अघि बढाएको छ।जसअनुसार मन्त्रालयले शनिबार एक सूचना...
अर्थ मन्त्रालयले अघि बढायो नेप्सेमा सिइओ नियुक्ति प्रक्रिया 

काठमाडौं, कात्तिक १४ : अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया अघि बढाएको छ।

जसअनुसार मन्त्रालयले शनिबार एक सूचना प्रकाशित गरेर इच्छुक आवेदनकर्ताबाट आवेदन आह्वान गरेको छ।

आवेदनका लागि कात्तिक २७ गतेसम्म आवेदन दिन सकिने मिति तोकिएको छ। आवेदन दिने व्यक्तिले ५ हजार शब्दसम्मको व्यावसायिक कार्य योजना प्रस्तुत गर्नुपर्ने सूचनामा उल्लेख छ।

मन्त्रालयका अनुसार आवेदकले प्रस्तुत गरेको कार्ययोजना र योग्यतालाई आधार बनाएर तीनजनाको नाम छनोट गरी सरकारसमक्ष सिफारिस गरिनेछ।

मन्त्रालयले वित्तीय व्यवस्थापन महाशाखा प्रमुख सहसचिव रमेशकुमार केसीको संयोजकत्वमा छनोट समिति बनाएको छ।

सोही छनोट समितिले सिफरिस गरेका तीनजनामध्येबाट एकजना मन्त्रिपरिषद् बैठकबाट चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनेछन्।

प्रकाशित मिति: १६:३२ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्