प्रदेश लोकसेवा आयोगका अध्यक्ष भट्टराईद्वारा पदभार ग्रहण
बुटवल, साउन २८ : प्रदेश नम्बर ५ को प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष डिलाराम भट्टराईले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुखक....

बुटवल, साउन २८ : प्रदेश नम्बर ५ को प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष डिलाराम भट्टराईले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा मंगलबार आयोजित समारोहमा प्रदेश लोक सेवा आयोग ऐन बमोजिम प्रदेशप्रमुख उमाकान्त झाको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलबाट आयोगका अध्यक्ष भट्टराईले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
शपथग्रहण समारोहमा प्रदेश नम्बर ५ प्रमुख झासहित मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती तथा प्रदेशका मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरु सहभागी थिए। शपथग्रहणपछि नवनियुक्त अध्यक्ष भट्टराईले मंगलबारै प्रदेश लोकसेवा आयोगको कार्यालयमा पदबहाली गरेका थिए।

-1784896419.png)









