Kathmandu Press

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग 

काठमाडौं, कात्तिक १४ : सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज हुनुपर्ने माग राखेको...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग 

काठमाडौं, कात्तिक १४ : सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज हुनुपर्ने माग राखेको छ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आज एक विज्ञप्ति जारी गरेर विभिन्न चाडपर्व नजिकिएको बेला नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। 

‘‘ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको समेत मूल्य वृद्धि हुने अवस्था सिर्जना गर्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णयप्रति खेद र भर्त्सना गर्दछौं,’ ढुंगानाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोिभड–१९ का कारणा लामो समयदेखि अप्ठ्यारो भोगिरहेका नेपाली जनताको ढाड सेक्ने गरी कोहकिसैबाट भएका निर्णय हामीलाइृ मान्य हुनेछैन।’

अहिलेको प्रतिकूलतामा बसिरहेका नेपालीलाई राहत महसुस हुनेगरी काम गर्ने समय भएको उल्लेख गर्दै विज्ञिप्तमा भनिएको छ,  ‘सरकारले हस्तक्षेप गरी तत्काल आयाल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न जोडदार माग गदैछौं।’

नेपाल आयल निगमले सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाएपछि विद्यार्थी संगठनहरू त्यसको विरुद्धमा उभिएका छन्।


 

प्रकाशित मिति: १५:२९ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्