Kathmandu Press

लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा छ : नेता सिंह

काठमाडौं, कात्तिक १४ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताएका छन्।नेपाली कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले आज यहाँ...
लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा छ : नेता सिंह

काठमाडौं, कात्तिक १४ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताएका छन्।

नेपाली कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको पदस्थापन कार्यक्रममा उनले मुलुकमा लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताएका हुन्।

‘देशमा लोकतन्त्र जोगाउनका लागि पार्टीमा विधि पद्दति जोगाउन जरुरी छ,’ उनले भने, ‘पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनका लागि आफू पार्टी सभापति बन्नुपर्ने हुन्छ।’ नेता सिंहले पार्टीलाई विधिसम्मत तरिकाले अगाडि बढाउनका लागि आफूलाई सबै कार्यकर्ताले साथ दिनुपर्नेमा जोड दिए।  

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले केपी शर्मा ओली सरकारले न्यायपालिकामा हस्तक्षेप गर्दा न्यायलयमा अहिलेको अवस्था सिर्जना भएको उल्लेख गर्दै अदालतलगायत निकायमा राजनीतिक नियुक्ति संविधानको भावना विपरीत गर्दा अहिलेको अवस्था उत्पन्न भएको बताए।

 

प्रकाशित मिति: १४:१८ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्