Kathmandu Press

एकीकृत समाजवादी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चमा कँडेल

काठमाडौं, कात्तिक १४ : नेकपा (एकीकृत समाजवादी) निकट कार्यकर्ताको भेलाले राजु कँडेलका अध्यक्षतामा १०१ सदस्यीय नुवाकोट–काठमाडौं सम्पर्क मञ्च गठन गरेको छ।पार्टी उपमहासचिव डा...
एकीकृत समाजवादी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चमा कँडेल

काठमाडौं, कात्तिक १४ : नेकपा (एकीकृत समाजवादी) निकट कार्यकर्ताको भेलाले राजु कँडेलका अध्यक्षतामा १०१ सदस्यीय नुवाकोट–काठमाडौं सम्पर्क मञ्च गठन गरेको छ।

पार्टी उपमहासचिव डा विजय पौडेल, केन्द्रीय सदस्य तथा नुवाकोट इञ्चार्ज राजेन्द्रप्रकाश लोहनी, जिल्ला नेता राम थापालगायतका उपस्थितिमा शनिबार यहाँ भएको भेलाले उपाध्यक्षमा गोमा आले, दीपक तामाङ र  गोकर्ण थापा तथा सचिवमा सुदर्शन जिसीलाई चयन गरेको छ।

सोही अवसरमा  श्रीकृष्ण अधिकारीका अध्यक्षतामा २१ सदस्यीय युवा सङ्घ नेपाल सम्पर्क कमिटी पुनःगठन गरिएको छ भने नुवाकोटका १२ वटै स्थानीय तहका करिब सय जना व्यक्ति एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

कार्यक्रममा पार्टी सम्पर्क विभागका प्रमुख डा पौडेल, एकीकृत समाजवादी नुवाकोटका संयोजक गोविन्द नेपाली, पूर्वसांसद लोहनी, नुवाकोट जिल्ला पार्टी सचिवालय सदस्य शान्ता अधिकारी, प्रदेश कमिटी सदस्य अच्युत पाण्डे, सूर्य कँडेल, केपी लामिछाने, युवा सङ्घ केन्द्रीय उपमहासचिव रोशन थापा, केन्द्रीय सदस्य दीपेश चित्रकार, नुवाकोट इञ्चार्ज उद्धव पनेरू, नुवाकोट संयोजक सुरेश अधिकारीले यो पार्टीलाई क्रान्तिकारी बनाइने तथा युवालाई यथेष्ट स्थान दिइने बताए।

 

प्रकाशित मिति: १४:०३ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्