प्रधानसेनापति शर्माद्वारा राणालाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं, कात्तिक १४ : प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति भएका उपरथी सरोज प्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। आज जंगी अड्डामा आयोजित...
काठमाडौं, कात्तिक १४ : प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति भएका उपरथी सरोज प्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
आज जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। कात्तिक ११ गतेको बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार उनलाई रथीमा पदोन्नति गरिएको थियो।
राणा बलाध्यक्षमा पनि नियुक्ति भएका छन्। कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति थियो।
प्रकाशित मिति: १२:३५ बजे, आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











