विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नहोस्ः नवीना लामा
काठमाडौं, साउन २८ः प्रतिनिधिसभाकी सांसद् नवीना लामाले त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयका पदाधिकारी चयन गर्दा राजनीतिक भागवण्डा नगरी प्राज्ञिक व्यक्तित्व....

काठमाडौं, साउन २८ः प्रतिनिधिसभाकी सांसद् नवीना लामाले त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयका पदाधिकारी चयन गर्दा राजनीतिक भागवण्डा नगरी प्राज्ञिक व्यक्तित्वलाई नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
संसद्को शुन्य समयमा बोल्दै उनले भनिन्, ‘राजनीतिक भागवण्डाले भन्दा पनि विधि र प्रक्रियाको आधारमा, खुल्ला प्रतिस्पर्धाको आधारमा विश्वविद्यालयका पदाधिकारी चयन होस् । सक्षम निष्पक्ष र प्राज्ञिक व्यक्तित्व विश्विद्यालयको गरिमालाई उच्च राख्नका सक्ने व्यक्ति उपकुलपति र अन्य पदाधिकारी नियुक्त गरियोेस् ।’
अहिले आठ वटा विश्वविद्यालय नेतृत्वबिहीन भएको बताउँदै उनले विश्व विद्यालयमा डरलाग्दो ढंगले विकृति विसंगति अन्त्य गर्नसक्ने पदाधिकारी चयनमा जोड दिइन् । उनले भनिन्, ‘विश्वविद्यालयमा भएको राजनीतिक भागवण्डा त्यसले देशको गरिमालाई घटाएको छ । यो देशको प्रतिष्ठासँग जोडिएको छ ।’
अनेरास्ववियूकी पूर्वअध्यक्ष समेत रहेकी सांसद् लामाले भनिन्, ‘विश्व विद्यालयको चाहे परीक्षाको विषयमा होस्, चाहे सम्बन्धनको विषय होस्, चाहे शिक्षक कर्मचारीको विषय होस्, चाहे समयमा स्ववियु निर्वाचनको विषय होस् । विश्व विद्यालय धेरै विकृति विसंगति छ । धेरै भन्दा धेरै अराजकता मौलाएको छ ।’

-1784896419.png)









