Kathmandu Press

प्रधानन्यायाधीशविरुद्ध बारकाे आन्दोलन, कालोपट्टी बाँधेर विरोध

काठमाडौं, कात्तिक १४ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आजदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिने भएको...
प्रधानन्यायाधीशविरुद्ध बारकाे आन्दोलन, कालोपट्टी बाँधेर विरोध

काठमाडौं, कात्तिक १४ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आजदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिने भएको छ।

बारले जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको थियो। आगामी मंगलबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने निर्णय बारले गरिसकेको छ ।

बारका महासचिव लीलामणि पौडेलले तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुने बताए।

 

प्रकाशित मिति: १०:३६ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्