Kathmandu Press

डडेल्धुरामा यात्रुबाहक बस दुर्घटना, १० जना घाइते

डडेल्धुरा, कात्तिक १४ : दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।डडेल्धुराको आलिताल गाउँपालिका १ स्थित...
डडेल्धुरामा यात्रुबाहक बस दुर्घटना, १० जना घाइते

डडेल्धुरा, कात्तिक १४ : दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।

डडेल्धुराको आलिताल गाउँपालिका १ स्थित घण्टेश्वर मन्दिर नजिक ना ८ ख ६१३२ नम्बरको बस दुर्घटना भएको हो। प्रहरीका अनुसार बस सडकबाट करीब एक सय मिटर तल खसेको छ।

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका अनुसार बसमा ३२ जना सवार रहेको थिए। दुर्घटनामा १० जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि धनगढी लग्न लागिएको छ।

घाइते हुनेहरुमा बैतडीको डिलाशैनी गाउँपालिका ६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका ८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार ६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका १० का ३० वर्षीय चन्द्रबहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशवदत्त जोशी रहेका छन्। अन्य घाइतेका परिचय खुलेको छैन।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरी टोली घटनास्थल पुगेको छ।

प्रकाशित मिति: ०८:०५ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्