Kathmandu Press

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जना पक्राउ 

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जना पक्राउ 

पर्सा, कात्तिक १३ : १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका २१ का २० वर्षीय बिकर ठाकुर हजाम र २५ वर्षीय अनिल महतो कोइरी रहेका छन्। 
 
ती किशोरी ट्युसन पढ्न जाने क्रममा कात्तिक ९ गते बिहान उनीहरुले बाटो ढुकी जबरजस्ती तानेर फोटो स्टुडियोभित्र लगी  जबरजस्ती करणी उद्योग गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

उनीहरु उपर जबरजस्ती करणी उद्योग कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

प्रकाशित मिति: १८:१४ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्