Kathmandu Press

पाँच दलीय गठबन्धन निर्वाचनसम्मै जान्छ : ऊर्जामन्त्री

काठमाडौं, कात्तिक १३ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको प्रस्ट्याएका छन्।प्रेस सेन्टर नेपाल...
पाँच दलीय गठबन्धन निर्वाचनसम्मै जान्छ : ऊर्जामन्त्री

काठमाडौं, कात्तिक १३ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको प्रस्ट्याएकी छन्।

प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश (पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन) को जिल्ला शाखाको पहिलो अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै उनले पाँच दलको गठबन्धनको बलबाटै प्रतिगामी प्रवृत्तिलाई परास्त गरिएको बताइन्। 

‘अझै प्रतिगामी षड्यन्त्रको अन्त्य भएको छैन, थप सचेत बन्नुपर्ने अवस्था छ,’ उनले भनिन्। जनता र अग्रगमनकारी शक्तिको सहयोगबाट प्रतिगमन पररास्त भएको उल्लेख गर्दै उनले गठबन्धनलाई आगामी निर्वाचनसम्म टिकाइराख्ने बताइन्। ‘गठबन्धन भत्काउन विभिन्न शक्ति लागिपरेका छन्,’ मन्त्री भुसालले भनिन्, ‘तर हामी सचेत छौं, निर्वाचनसम्म गठबन्धनलाई लैजान्छौं।’

प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले नेपालको राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भएको उल्लेख गर्दै जनताको पक्षमा निर्वाध ढङ्गले कलम चलाउन पत्रकारहरुलाई आग्रह गरिन्।

अधिवेशनबाट समग्र पत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको कार्यसमिति चयन भएको छ। पत्रिका शाखाको अध्यक्षमा अम्बिका पौडेल, रेडियोको अध्यक्षमा हरि दुलाल, टेलिभिजनको अध्यक्षमा रवीन्द्र पौडेल र अनलाइनको अध्यक्षमा सन्तोष भट्टराई निर्वाचित भएका छन्।

प्रकाशित मिति: १७:२६ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्