उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २१९२ जना
काठमाडौं, कात्तिक १३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १६८ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा १०३, भक्तपुरमा २० र ललितपुरमा ४५ जना रहेको...
काठमाडौं, कात्तिक १३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १६८ जना कोरोना संक्रमित थपिएका छन्।
तीमध्ये काठमाडौंमा १०३, भक्तपुरमा २० र ललितपुरमा ४५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या २,१९२ रहेको छ।
तीमध्ये काठमाडौंमा १,०९२, भक्तपुरमा ५३८ र ललितपुरमा ५६२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:२१ बजे, शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











