नयाँ संक्रमितको तुलनामा निको हुने दोब्बरभन्दा बढी
५,३१६ जनामा गरिएको पिसिआर परीक्षणबाट २९७ र २,५९५ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं, कात्तिक १३ : पछिल्लो २४ घन्टामा देशभरिमा ३७२ जना कोरोना संक्रमित थपिएका छन्।
५,३१६ जनामा गरिएको पिसिआर परीक्षणबाट २९७ र २,५९५ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा ९११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,९१,२६९ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,३९९ पुगेको छ।
अहिले देशभरिमा ९,५२६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ८,७४६ जना होम आइसोलेसनमा र ७८० जना संस्थागत आइसोलेसनमा उपचाररत छन्।
त्यसैगरी २३४ जनाको आईसियुमा उपचार भइरहँदा ६८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:१५ बजे, शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार