Kathmandu Press

साधना लघुवित्तको २६.३२ लाभांश पारित

काठमाडौं, कात्तिक १३ : साधना लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको बोनस र नगद गरी २६.३२ लाभांश पारित भएको छ।संस्थाले शनिबार पाँचौं वार्षिक साधारण सम्पन्न...
साधना लघुवित्तको २६.३२ लाभांश पारित

काठमाडौं, कात्तिक १३ : साधना लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको बोनस र नगद गरी २६.३२ लाभांश पारित भएको छ।

संस्थाले शनिबार पाँचौं वार्षिक साधारण सम्पन्न गरेको हो। संस्थाको सञ्चालक समितिले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश घोषणा गरेको थियो।

साधारणसभाले संस्थापक समूहबाट कृष्ण बहादुर थापा, डा.नरहरि ढकाल, रमेश सापकोटा र अर्जुनकुमार सिंहलाई नयाँ सञ्चालकका रुपमा निर्वाचित गरेको छ।  उनीहरूको कार्यकाल चार वर्ष हुनेछ।  

साधारणसभापछि बसेको सञ्चालक समितीको बैठकले कृष्णबहादुर थापालाई अध्यक्ष बनाएको छ।

प्रकाशित मिति: १६:३८ बजे, शनिबार, कात्तिक १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्