Kathmandu Press

दुई तिहाइको मातले ओलीको पार्टी भुइँमा पछारिएको छ : नेपाल 

काठमाडौं, कात्तिक १३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई तिहाइको मात लागेका केपी ओलीलाई घुँडा टेकाइदिएको र उनको पार्टीलाई भुइँमा पछारिएको दाबी...
दुई तिहाइको मातले ओलीको पार्टी भुइँमा पछारिएको छ : नेपाल 

काठमाडौं, कात्तिक १३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई तिहाइको मात लागेका केपी ओलीलाई घुँडा टेकाइदिएको र उनको पार्टीलाई भुइँमा पछारिएको दाबी गरेका छन्। 

आज विराटनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ले भने,  ‘दुई तिहाइको मात लागेका केपी ओलीलाई घुँडा टेकाइदिऔं। केपी ओलीको पार्टी भुइँमा पछारिएको छ। हाम्रो पार्टी सबै प्रदेशमा अगाडि छ।’

उनले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने धारणा उनले राखे। उनले ओलीमा दक्षिणपन्थी शक्ति, विदेशीसँग चाकरी गर्ने शक्ति भएको र आफूहरूसँग वामपन्थी र अग्रगमनकारीको शक्ति रहेको जिकिर गरे।

ओलीले लोकतन्त्रको मूल्य–मान्यतालाई आत्मसात् गर्ने निरकुंशता नअपनाउने भएकाले एमालेमा विद्रोह गरेर नयाँ  पार्टी खोलेको स्पष्ट पारे।

‘अहिले पनि समानता चाहिएको छ। विभेदको समाप्त गर्नुपर्ने छ। पवित्र भावनाका साथ यो पार्टी जन्मिएको हो,’ नेपालले भने, ‘अग्रगतिको अभियान चलाउने पार्टी भएकाले यो व्यक्तिको इच्छा र आकांक्षामा चल्ने पार्टी होइन विचार प्रधान पार्टी हो।’ 

प्रकाशित मिति: १६:०६ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्