Kathmandu Press

प्रश्न उठेकाले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्दा राम्रो हुन्छ : बार उपाध्यक्ष भट्टराई 

काठमाडौं, कात्तिक १३ : नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्न उठेकाले उनले मार्गप्रशस्त गर्दा नै राम्रो हुने बताएका छन्।शनिबार रिपोर्टर्स...
प्रश्न उठेकाले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्दा राम्रो हुन्छ : बार उपाध्यक्ष भट्टराई 

काठमाडौं, कात्तिक १३ : नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्न उठेकाले उनले मार्गप्रशस्त गर्दा नै राम्रो हुने बताएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानन्यायाधीशको पद सम्मानित भएकोले उनको सहज ढंगले बहिर्गमन हुनेमा आफूहरु विश्वस्त रहेको स्पष्ट पारे। 

‘हामीले भद्र कार्यक्रम गरिरहेका छौं, अदालत बहिष्कार गरेका छैनौं, हामलिे इजलास बहिष्कार गरेका छैनौं। अदलातमा मुद्दा सुनुवाइ गर्न स्थगित गर्न भनेका छैनौं। अहिलेको अवस्थामा प्रधानन्यायाधीशको सहज बहिर्गमन नै सही विकल्प हो,’ उनले भने, ‘पद परित्याग गर्नेको नाम भोलि सुनौलो अक्षरले लेख्न सकिन्छ। तपाईंमाथि प्रश्न उठ्यो, ‘अहिले मार्गप्रशस्त गर्नुहोस्। सम्माननीय प्रधानन्यायाधीको प्रतिष्ठा र स्वतन्त्र न्यायापालिकाको रक्षाका लागि पनि मार्गप्रशस्त गरिए उहाँको नाम सुनौलो अक्षरले ईतिहास लेखिनेछ। उहाँले मार्गप्रशस्त गरे सबैको हित हुन्छ ।’

उनले आफूहरुले न्यायालयको स्वतन्त्रता, निष्पक्षता, पारदर्शिता र जनताप्रतिको जिम्मेवारीका लागि सुरुदेखि नै धेरै विषय उठाएको बताए।  ‘हामीले त न्यायाधीश नियुक्त हुन योग्यहरुको नाम सर्वाजनिक गर्नुहोस् भन्यौं। प्रारम्भदेखि यी विषय उठाएका छौं। न्यायालयको गरिमाका लागि हामीले सुरुदेखि नै आवाज उठाएका छौं। राजनीतिक दलहरुको हस्तक्षेपविरुद्ध यी आवाज हामीले उठाएका छौं,’ उनले भने, ‘दलहरुबाट न्यायापालिकाका प्रमुखलाई प्रयोग गर्ने, भाग दिने, न्यायाधीशहरुलाई पदक दिने काम भयो। चरम उत्कर्षमा पुगिसकेको छ। सत्ता गठबन्धनमा रहेका दलहरुले खेलेको भूमिका, न्यायाधीशहरुलाई वितरण गरेको पदक, यी सबै गतिविधिले स्वतन्त्र न्यायापालिकाको गरिमा भंग हुनछ।’

उनले प्रधानन्यायाधीश जबराले राजीनामा दिँदैमा अहिलेको सबै समस्याको समाधान नहुने पनि बताए। उनले भने, ‘के प्रधानन्यायाधीशले राजीनामा दिँदैमा सबै समाधान हुन्छ त? हुँदैन। हामी कुनै न्यायाधीशको पक्षमा छैनौं। अहिले प्रश्न उठेकोले यसमा सबैभन्दा जिम्मेवार व्यक्ति भनेको नै न्यायालयको प्रमुख नै हो । त्यही भएर हामीले उहाँको स–सम्मान बहिर्गमनको कुरा उठाएका छौं। उहाँले पद परित्याग गर्दा न्यायापालिकाको गरिमामा वृद्धि हुन्छ । प्रधानन्यायाधीश जबराको बहिर्गमनको विषयमा नेपाल बारमा कुनै विवाद छैन।’

उनले न्यायाधीश नियुक्तिको सन्दर्भमा पनि आफूहरुले डे वानदेखि कुरा उठाएको सुनाए। उनले बार–बेन्च समन्वय समिति कानूनसम्मत गठन भएको पनि दाबी गरे।

प्रकाशित मिति: १५:३६ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्