घरमा दिउँसै हुन्छ चोरी, एक वर्षमा साढे दुई हजार चोरीका घटना
काठमाडौं, साउन २८ : देशभर चोरीका घटनामा वृद्धि भएका छन्। जसमा अधिकांश दिउँसै भएको प्रहरीको अनुसन्धानमा देखिएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्....

काठमाडौं, साउन २८ : देशभर चोरीका घटनामा वृद्धि भएका छन्। जसमा अधिकांश दिउँसै भएको प्रहरीको अनुसन्धानमा देखिएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले रातिको समयमा भन्दा दिउँसोको समयमा बढी चोरी हुने गरेको बताए। ‘दिउँसो घरमा कोही नभएको अवस्था पारेर धेरै चोरी हुने गरेको छ,’ उनले भने।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार एक वर्षमा देशभर चोरीका घटनामा दुई हजार ६ सय ४६ व्यक्तिविरुद्द मुद्दा दायर गरिएको छ। मुद्दा दायर भएकामध्ये साधारण चोरीका घटना धेरै छन्।
प्रहरीका अनुसार, साधारण चोरीमा दुई हजार एक सय ४२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। डाँका चोरीमा एक सय ९९, नकबजनी चोरी एक सय ५५, सवारी चोरी एक सय २३, चौपाया चोरी ११, पुरातात्विक चोरी चार र रहजनी चोरीमा तीन जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
प्रहरीले आर्थिक वर्ष २०७४-७५ मा चोरीका घटनामा एक हजार ६ सय २८ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो।
त्यस्तै, काठमाडौं उपत्यकामा चोरीका घटनामा आठ सय ८८ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार, काठमाडौं, भक्तपुर र ललितपुरमा साधारण चोरीमा ६ सय ७९, मोटरसाइकल चोरीमा ५१, नकबजनी चोरीमा ३६, डाँका चोरीमा ८७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
उपत्यकका पनि चोरीका घटना बढ्दै गएको प्रहरीले जनाएको छ।

-1784896419.png)









