समाजवाद नबुझेर चोइटिनेकै नाम समाजवादी ! : ओली
काठमाडौं, कात्तिक १३ : एमालेका अध्यक्ष केपी ओलीले समाजवाद नबुझेर चोइटिनेकै नाम समाजवादी भएको भनी टिप्पणी गरेकाअ छन्।एमालेबाट विभाजित भई नेकपा एकीकृत समाजवादी पार्टी...
काठमाडौं, कात्तिक १३ : एमालेका अध्यक्ष केपी ओलीले समाजवाद नबुझेर चोइटिनेकै नाम समाजवादी भएको भनी टिप्पणी गरेकाअ छन्।
एमालेबाट विभाजित भई नेकपा एकीकृत समाजवादी पार्टी खोलेका नेता माधवकुमार नेपाललाई संकेत गर्दै ओलीले भने, ‘समाजवाद नबुझेर एमालेबाट फुटेर गएको चोइटोले पार्टीको नाम समाजवादी राखेका छन्।’
एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको आज आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा उनले एमालेको कार्यक्रमचाहिँ समाजवाद उन्मुख रहेकाले सबै कार्यकर्ताले त्यसबारे जनतालाई बुझाइदिनुपर्नेमा उनले जोड दिए। उनले समाजवादले नै समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई साकार पार्न सक्ने दाबी गरे।
अध्यक्ष ओलीले नेता नेपाल एमाले बिगार्न देशभरि कुदिरहेको बताए। ‘बिचरा माधव नेपाल कुदेको देख्दा माया लाग्छ। कहिले पोखरा, कहिले धरान, कहिले धनकुटा, कहिले बाग्लुङ,’ उनले भने, ‘माधव नेपाल देश बनाउन होइन, एमाले बिगार्न कुदेका हुन्।’
सोही कार्यक्रममा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नीति देश बर्बाद गर्ने भएको आरोप लगाए।
प्रचण्डको दर्शन भनेको धक्का, क्रमभंग, छलछाम मात्र रहेको आरोप उनले लगाए। एमालेमा प्रचण्डलाई ल्याएर सपार्न खोजे पनि नसकिएको उनको भनाइ थियो।
राणा शासनले समेत एमाले बिगार्न नसकेको एमालेलाई कसैले मास्न नसक्ने जिकिर गरे। उनले नेता नेपाल धनी हुन एमाले छाडेर गएको आरोप लगाए।
उनले एमालेको विरोध गर्नेहरू राष्ट्रियता र देशविरोधी भएको ओलीले बताए।











