हिरासतको ताला तोडेर भागे भारतीय नागरिक
झापा, साउन २८ : धुलाबारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका दुई जना भारतीय नागरिक ताला तोडेर भागेका छन्।
भारतको दार्जिलिङका २६ वर्ष....
झापा, साउन २८ : धुलाबारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका दुई जना भारतीय नागरिक ताला तोडेर भागेका छन्।
भारतको दार्जिलिङका २६ वर्षीय गणेश कामती र २९ वर्षीय कृष्ण मण्डल गए राति साढे १ बजे हिरासतको ताला तोडेर भागेका हुन्। दुवै जना सार्वजनिक मुद्दामा थुनामा परेका थिए।
थुनामा रहेका दुई जनामध्ये एक जनाकी आमा सोमबार दिउसो भेट्न आएकी थिइन्। उनले केही सामान दिएको प्रहरीले जनाएको छ। त्यसैले हिरासतको ताला तोडेको हुनसक्ने प्रहरीले जनाएको छ।
हिरासतको ताला तोडेर थुनुवा भागेपछि जिल्ला प्रहरी कार्यालयले छानविन सुरू गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश मैनालीले घटनाको छानविन भइरहेको बताए।
उनले भागेका थुनुवाको खोजीका लागि पनि प्रहरी परिचालन गरिएको बताए।






