न्यायालयको विवाद समाधान गर्न गठबन्धन एकत्रित भएर लाग्छ : प्रचण्ड
जनकपुरधाम, कात्तिक १३ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको विवाद समाधानका लागि गठबन्धनले एकत्रित भएर लाग्ने बताएका छन्।त्यसका लागि गठबन्धनले चाँडै सामूहिक धारणा...
जनकपुरधाम, कात्तिक १३ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको विवाद समाधानका लागि गठबन्धनले एकत्रित भएर लाग्ने बताएका छन्।
त्यसका लागि गठबन्धनले चाँडै सामूहिक धारणा बनाउने बताएका छन्।
आज जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘न्यायालयको विवाद समाधान गर्न एकदुइ दिनमा बैठक बसेर सामूहिक धारणा बनाउँछौं।’
हरेक पार्टीले आआफ्नो प्रभाव विस्तार गर्न खोज्नु स्वाभाविक भए पनि गठबन्धनमा कुनै विवाद नभएको उनले दाबी गरे।
प्रचण्डले एमालेले संविधानको मर्मविपरीत अनावश्यक विषयमा दिनहुँ गतिरोध उत्पन्न गरेपछि केही दिनका लागि संसद बन्द गरिएको बताए। उनले राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन एक लाग्ने बताए।
प्रकाशित मिति: १३:४७ बजे, शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











