Kathmandu Press

प्रतिपक्षीसँग सल्लाह नगरी संसद् अधिवेशन अन्त्य गरियाे : नेम्वाङ

काठमाडौं, कात्तिक १३ : प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले आफूहरूप्रति भेदभावपूर्ण व्यवहार गरेको बताएका छन्।एमाले संसदीय...
प्रतिपक्षीसँग सल्लाह नगरी संसद् अधिवेशन अन्त्य गरियाे : नेम्वाङ

काठमाडौं, कात्तिक १३ : प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले आफूहरूप्रति भेदभावपूर्ण व्यवहार गरेको बताएका छन्।

एमाले संसदीय दलको आज बसेको बैठकमा नेम्वाङले भने,  ‘आजभोलि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्दैन। बैठक बस्नेबारे हामीसँग कुनै छलफल हुँदैन।’ 

प्रतिपक्षीसँग सल्लाह नगरी संसद् अधिवेशन अन्त्य गरिएको उनले बताए।

एमालेका कारण संसद्को कामकारबाही रोकिएको भनेर प्रचार गरिनु गलत भएको उनको भनाइ थियो। एमालेका कारणले कुनै काम नरोकिएको उनले स्पष्ट पारे।

सरकारले बिजनेस नदिँदा पुनःस्थापित संसद्ले सिन्कोसमेत भाँच्न नसकेको टिप्पणी उनले गरे। एमालेको विभाजनका लागि योजनाबद्ध रुपमा काम भएको आरोप उनले लगाए।

प्रकाशित मिति: १३:०१ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्