Kathmandu Press

कार्यवाहक प्रधानमन्त्रीद्वारा पशुपतिमा पूजा

काठमाडौं, कात्तिक १३ : कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान पशुपति मन्दिरमा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाअर्चना गरेका छन्।उनले सर्वसाधारणकै बीचमा...
कार्यवाहक प्रधानमन्त्रीद्वारा पशुपतिमा पूजा

काठमाडौं, कात्तिक १३ : कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान पशुपति मन्दिरमा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाअर्चना गरेका छन्।

उनले सर्वसाधारणकै बीचमा रही लाइनमा बसेर पशुपतिनाथको दर्शन गरेका हुन्। सो अवसरमा उनले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरेका थिए। पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको उनले दर्शन गरे।

दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ दर्शन गर्न लाइनमा बसेका सर्वसाधारणसँग भलाकुसारीसमेत गरी करिब डेढ घण्टा गृहमन्त्री खाँणले समय बिताएका थिए। दर्शन गरी मन्दिर परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मुलुकको समृद्धि, नेपाली जनताको सुख र शान्ति सुव्यवस्थाका लागि कामना गरेको उनले बताए।

 

प्रकाशित मिति: १०:२३ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्