स्नाइडरले लिए फुटबलबाट सन्न्यास
एजेन्सी, साउन २८ : नेदरल्याण्ड्सका मिडफिल्डर वेस्ले स्नाइडरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्।
३५ वर्षीय स्नाइडरले १५....
एजेन्सी, साउन २८ : नेदरल्याण्ड्सका मिडफिल्डर वेस्ले स्नाइडरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्।
३५ वर्षीय स्नाइडरले १५ वर्ष नेदरल्याण्ड्सको राष्ट्रिय टोलीबाट फुटबल खेलेका थिए। नेदरल्याण्ड्सका लागि सर्वाधिक क्याप जितेका स्नाइडरले राष्ट्रिय टोलीबाट १३४ खेल खेलेका छन्।
२०१० को विश्वकप फुटबलमा नेदरल्याण्ड्स उपविजेता बन्दा स्नाइडर टोलीका महत्वपूर्ण सदस्य थिए। रियल मड्रिड, इन्टर मिलान, गालाटासारे र नाइस क्लबबाट खेलिसकेका स्नाइडर पछिल्लो समय कतारी क्लब एएल गाराफसँग आवद्ध थिए।
कतारी क्लबसँग १८ महिने सम्झौता सकिना साथ उनले फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्। स्नाइडरले २००२ मा अजाक्सबाट सिनियर टोलीमा डेब्यु गरेका थिए।