Kathmandu Press

लगातार तेस्रो जितसँगै पाकिस्तान सेमिफाइलन नजिक

काठमाडौं, कात्तिक १३ : पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनल नजिक पुगेको छ। आसिफ अलीले विस्फोटक ब्याटिङ गरेपछि अफगानिस्तानलाई ५ विकेटले हराउँदै पाकिस्तान सेमिफाइलन नजिक...
लगातार तेस्रो जितसँगै पाकिस्तान सेमिफाइलन नजिक

काठमाडौं, कात्तिक १३ : पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनल नजिक पुगेको छ। आसिफ अलीले विस्फोटक ब्याटिङ गरेपछि अफगानिस्तानलाई ५ विकेटले हराउँदै पाकिस्तान सेमिफाइलन नजिक पुगेको हो।

लगातार तेस्रो जित निकालेको पाकिस्तान सुपर १२ को समूह २ मा ६ अंक जोड्दै शीर्ष स्थानमा छ। सुपर १२ मा अब नामिबिया र स्कटल्यान्डसँग खेल्न बाँकी रहेकाले सेमिफाइलन यात्रा लगभग पक्का भएको छ। पाकिस्तानसँग पराजित भए पनि अफगानिस्तानको पनि सेमिफाइनल सम्भावना बाँकी नै छ।

दुबइमा पहिला ब्याटिङ गर्दै अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पाकिस्तानले १९औं ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। अन्तिम २ ओभरको खेल बाँकी छँदा २४ रन चाहिएको अवस्थामा १९औं आभेरमा आसिफ अलीले ४ छक्का प्रहार गर्दै टिमलाई जित दिलाए। उनले ७ बलमा २५ रन बनाए।

यस्तै, कप्तान बाबर अजामले अर्धशतक बनाए। उनले ४७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ५१ रन जोडे। यस्तै, फखर जमानले ३० र सोएब मल्लिकले १९ रनको योगदान दिए।

अफगानिस्तानका लागि रसिद खानले २ विकेट लिए भने मुजिब उर रहमान र जीवन उल हक र कप्तान मोहम्मद नाबीले समान १ विकट लिए। पाकिस्तानविरुद्ध १ विकेट लिएसँगै रसिद खान टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १ सय विकेट लिने खेलाडी बनेका छन्। उनले ५३ खेलमा यो उपलब्धि हाँसिल गरेका हुन्।

यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनायो। कप्तान नाबी र गुल्बाद्दिन नइबले समान ३५ रन बनाउँदा नाजिबुल्लाह जद्रानले २२ र करिम जन्नतले १५ रन बनाए। पाकिस्तानका इमद वासिमले २ विकेट लिए।

प्रकाशित मिति: ०६:५५ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्