निगमले एकैपटक ३ रुपैयाँले वढायो पेट्रोलियम पदार्थको मूल्य
निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा ३ रुपैयाँले वृद्धि गरेको जनाएको छ ।
काठमाडौं, कात्तिक १२ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा ३ रुपैयाँले वृद्धि गरेको जनाएको छ ।
अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३३, डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ११६ पुगेको छ भने खाना पकाउने ग्यासको प्रतिसिलिण्डर ५० रुपैयाँ मूल्य वृद्धि भएको छ ।
मूल्य वढेसँगै अब खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय पुगेको निगमले जनाएको छ ।
प्रकाशित मिति: २१:३७ बजे, शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार