Kathmandu Press

आगामी निर्वाचनसम्म गठबन्धन रहन्छ : अध्यक्ष नेपाल

आगामी निर्वाचनसम्म गठबन्धन रहन्छ : अध्यक्ष नेपाल

काठमाडौं, कात्तिक ११ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म मिलेर जाने बताए ।

एकीकृत समाजबादी स्याङ्जाको पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा उनले देशैभरी एकीकृत समाजवादीमा जनलहर बढेको दाबी गरे ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सबै नेपाली जनतालाई खोप लगाउने व्यवस्था मिलाउने बताउँदै अबको केही दिनपछि १२ वर्ष माथिका बालबालिकालाई खोप लगाउने बताए । 

प्रकाशित मिति: २०:०२ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्