Kathmandu Press

जन्मकैद सजाय तोकिएका स्याङ्जाका कुमाल ४५ वर्षपछि पक्राउ

काठमाडौं, कात्तिक १२ : कर्तव्य ज्यान मुद्दामा ४५ वर्षदेखि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका ८ का ७३...
जन्मकैद सजाय तोकिएका स्याङ्जाका कुमाल ४५ वर्षपछि पक्राउ

काठमाडौं, कात्तिक १२ : कर्तव्य ज्यानमुद्दामा ४५ वर्षदेखि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका ८ का ७३ वर्षीय गणेशबहादुर कुमाल छन्। इलाका प्रहरी कार्यालय चापाकोटको टोलीले बिहीबार कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।

अधिकारीका अनुसार २०३३ साल वैशाख २ गते चैते दसैंको पूर्णिमा मेलामा चापाकोट नगरपालिका-८ स्थित कालीगणडकी नदी किनारमा पाल्पाका २४ वर्षीय जितबहादुर रानाको हत्या भएको थियो। उनी भारतीय सेनामा कार्यरत रहेका बेलामा बिदामा आउँदा चैते दसैंको मेला पुगेका रानालाई १२ जनाको समूहले हत्या गरेको थियो।  

हत्यापछि अन्य अभियुक्त पक्राउ परे पनि कुमाल फरार रहँदै आएका थिए। हत्यामा संलग्न रहेको आरोपमा कुमाललाई २०२६ सालमा स्याङ्जा जिल्ला अदालतले जन्मकैद फैसला गरेको थियो। तत्कालीन क्षेत्रीय अदालत पश्चिमाञ्चलले २०३९ साल र सर्वोच्च अदालतले २०४० सालमा कुमाललाई जन्मकैद सजाय नै कायम गरेको थियो।

कुमाल स्याङ्जाबाट भागेर नवलपरासीमा लामो समयदेखि बस्दै आएका थिए। परिवारसहित नवलपरासी बसिरहेका उनले त्यहाँ बस्दा आफ्नो नाम पनि परिवर्तन गरेको प्रहरीले जनाएको छ । शुक्रबार कुमाललाई जिल्ला अदालत पेश गरेकोमा अदालतले कारागार पठाएको जिप्रका स्याङ्जाले जनाएको छ । 

प्रकाशित मिति: १९:०४ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्