प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन बारको ५ दिने अल्टिमेटम
शुक्रबार बसेको बारको कार्यसमितिको बैठकबाट उपत्यका बार एकाईहरुका अध्यक्षहरुको सुझावको आधारमा १७ गतेभित्र पनि प्रधानन्यायाधीश राणाको राजीनामा नआए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएको छ ।
काठमाडौं, कात्तिक १२ : नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिएको छ ।
शुक्रबार बसेको बारको कार्यसमितिको बैठकबाट उपत्यका बार एकाईहरुका अध्यक्षहरुको सुझावको आधारमा १७ गतेभित्र पनि प्रधानन्यायाधीश राणाको राजीनामा नआए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएको छ ।
बैठकका निर्णयअनुसार पर्सि आइतवारदेखि बुधवारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको निर्णय छ ।
बारले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न माग गरेको छ ।

प्रकाशित मिति: १८:२२ बजे, शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार