Kathmandu Press

विश्वमा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको आठौं नम्बरमा नेपाल

काठमाडौं, कात्तिक १२ : विश्वका घुम्नैपर्ने १० मुलुकको सूचीमा नेपाल पनि परेको छ।विश्वचर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले सन् २०२२ मा घुम्नैपर्ने मुलुकको उत्कृष्ट १०...
विश्वमा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको आठौं नम्बरमा नेपाल

काठमाडौं, कात्तिक १२ : विश्वका घुम्नैपर्ने १० मुलुकको सूचीमा नेपाल पनि परेको छ।

विश्वचर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले सन् २०२२ मा घुम्नैपर्ने मुलुकको उत्कृष्ट १० भित्र ८ नम्बरमा नेपाललाई राखेको हो। लोन्ली प्लानेटले विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यबारे जानकारी दिने गरेको छ। 

सूचीको पहिलो नम्बरमा भने कुक आइल्यान्ड रहेको छ। दोस्रोमा नर्वे, तेस्रोमा मौरिसस, चौथोमा बेलिज, पाँचौंमा स्लोभेनिया, छैटौंमा एंगुइला रहेका छन्। त्यसैगरी सातौंमा ओमान, नवौंमा मालावी र दसौंमा इजिप्टलाई राखिएको छ।

कोरोना संक्रमणले दुई वर्षयता नेपालको पर्यटन क्षेत्र प्रभावित छ। यसैबेला नेपालको पर्यटनलाई सहयोग पुग्नेगरी लोन्ली प्लानेटले सूची सार्वजनिक गरेपछि पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्।

विदेशी पर्यटक लोन्ली प्लानेटको गाइड बुक हेरेरै घुमघाममा निस्कने चलन रहेको बताइन्छ। पर्यटकका अनुभव, अध्ययनकर्ताको भनाइ, ब्लगरको बुझाइ, राजनीतिक–सामाजिक अवस्था बारे अध्ययन गरेर लोन्ली प्लानटेले बर्सेनि उत्कृष्ट गन्तव्य बन्न सक्ने मुलुकका नाम प्रकाशन गर्ने गरेको छ।

प्रकाशित मिति: १७:३८ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्