Kathmandu Press

अवैध लागूऔषधसहित पक्राउ

कपिलवस्तु, कात्तिक १२ : मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट करिब १ सय २४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बाणगंगा नगरपालिका–८ धनेशपुर बस्ने...
अवैध लागूऔषधसहित पक्राउ

कपिलवस्तु, कात्तिक १२ : मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट करिब १ सय २४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बाणगंगा नगरपालिका–८ धनेशपुर बस्ने २६ वर्षीय बिजय खत्रीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

उक्त गेट नजिक लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी चाकरचौडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ। 

प्रकाशित मिति: १७:०५ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्