यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ
मोरङ, कात्तिक १२ : १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–१२ बस्ने ४५ वर्षीय जनक चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको...
मोरङ, कात्तिक १२ : १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–१२ बस्ने ४५ वर्षीय जनक चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
चौधरीले ती बालिकालाई बुधबार साँझ यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १७:०३ बजे, शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












