Kathmandu Press

प्रधानन्यायाधीश प्रकरणबारे पार्टीमा छलफल भएको छैन : डा. संग्रौला

कांग्रेस नेतृ तथा संघीय सांसद य डा. डीला संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्नेबारे पार्टीमा कुनै छलफल नभएको स्पष्ट पारेकी छन् ।
प्रधानन्यायाधीश प्रकरणबारे पार्टीमा छलफल भएको छैन : डा. संग्रौला

काठमाडौं, कात्तिक १२ : कांग्रेस नेतृ तथा संघीय सांसद य डा. डीला संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्नेबारे पार्टीमा कुनै छलफल नभएको स्पष्ट पारेकी छन् ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा शुक्रबार उनले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको स्पष्ट पारेकी हुन् । ‘लोकतन्त्रको मूलभूत मान्यता भनेको स्वतन्त्र न्यायपालिका पनि हो । सर्वोच्च अदालतमा छलफल चलेका विषयमा कांग्रेसले कहिल्यै पनि हस्तक्षेप गर्दैन,’ उनले भनिन्, ‘यो विषयमा गठबन्धन दलभित्र छिनोफानो गर्नुपर्छ । पार्टीले संस्थागत रूपमा यो विषयमा छलफल गरेको छैन ।’

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका शक्ति पृथकीकरणको सिद्धान्तअनुसार चल्नुपर्नेमा उनको जोड थियो ।

एमाले सांसद कृष्णभक्त पोखरेलले समग्र न्यायापालिकाभित्र देखिएको विकृति र विसंगति हटाउनुपर्नेमा जोड दिए । र, एमाले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग ल्याउने पक्षमा नरहेको स्पष्ट पारे । उनले भने, ‘हामी त समग्र न्यायपालिकाको सुधारको पक्षमा छौँ ।’

एमालेले अहिले वाचडगको रूपमा हेरिरहेको दाबी गर्दै पोखरेलले भने, ‘माननीय न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गरौँ । त्यसमा कहाँ कानून बनाउनुपर्छ, हामी तयार छौँ ।’

लोसपा नेता तथा संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले आफूहरूसँग प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने संख्या नै नभएकाले त्यतातिर केही नसोचेको बताए । राज्यका तीनवटै निकाय कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका पंगु भएको टिप्पणी उनको थियो ।

प्रकाशित मिति: १६:३६ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्