Kathmandu Press

वाग्मतीका मुख्य न्यायाधिवक्ता थपलियाको राजीनामा

हेटौंडा, कात्तिक १२ : वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजीनामा दिनुभएको छ। उनले वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिएका हुन्। उनी...
वाग्मतीका मुख्य न्यायाधिवक्ता थपलियाको राजीनामा

हेटौंडा, कात्तिक १२ : वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजीनामा दिनुभएको छ। उनले वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिएका हुन्। 

उनी एमालेले वाग्मती प्रदेशको नेतृत्व गर्दा मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए। उनले प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएपछि राजीनामा दिएका हुन्। 

एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि थपलियाले पनि राजीनामा दिएका हुन्। २०७६ साउन १२ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सिफरिसमा उनी मुख्य न्यायाधिवक्तामा नियुक्त भएको थिए।

मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकार हुने व्यवस्था छ। उनले आफूले पाएको जिम्मेवारी प्रभावकारीरुपमा पूरा गरेको बताए। 

प्रकाशित मिति: १६:११ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्