Kathmandu Press

प्रधानन्यायाधीशकै इजलासका सबै मुद्दा ‘हेर्न नभ्याइने’मा

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार आफ्नै इजलास पनि बसाउन सकेनन् ।
प्रधानन्यायाधीशकै इजलासका सबै मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं, कात्तिक १२ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार आफ्नै इजलास पनि बसाउन सकेनन् ।

उनले न्यायाधीश कुमार चुडालसहित शुक्रबारका लागि संयुक्त इजलास तोकेका थिए । उक्त इजलासमा ३० थान मुद्दाको पेशी तोकिएको थियो । तर, न्यायाधीश चुडाल नै प्रधानन्यायाधीशको बहिर्गमनको पक्षमा रहेकाले जबराले इजलास राख्न नसकेका हुन् ।

सर्वोच्च अदालतमा शुक्रबारका लागि निर्धारित आठवटा इजलासका अधिकांश मुद्दा ‘बेन्च नबसेको’मा परेका छन् । शुक्रबार पनि सर्वोच्चका कुनै न्यायाधीश इजलासमा बसेनन् ।

प्रकाशित मिति: १६:१० बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्