Kathmandu Press

संघीय संसदको नवौँ अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको नवौँ अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य गरेकी छन् ।
संघीय संसदको नवौँ अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य

काठमाडौं, कात्तिक १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको नवौँ अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य गरेकी छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारी संसद् अधिवेशन अन्त्य गरेकी हुन् । मन्त्रिपरिषदको बिहीबारको बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले शुक्रबार विज्ञप्तिमार्फत राष्ट्रपतिबाट नवौँ अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् ।

प्रकाशित मिति: १६:०३ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्