बेपत्ता मण्डलको शव भेटियो
राजविराज, कात्तिक १२ : सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ का २३ वर्षीय लालु मण्डलको शव नौ दिनपछि भेटिएको छ। मण्डललाई यही कात्तिक ३ गते जिता खोलामा...राजविराज, कात्तिक १२ : सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ का २३ वर्षीय लालु मण्डलको शव नौ दिनपछि भेटिएको छ।
मण्डललाई यही कात्तिक ३ गते जिता खोलामा आएको बाढीले बगाएको थियो। प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका मण्डलको शव सीमावर्ती भारतको सुपौल जिल्लाको कुनौली ग्रामपञ्चयात–१० स्थित जिता खोलाको बगरमा सडेको अवस्थामा फेला परेको हो।
भारतीय प्रहरीसँगको समन्वयमा शव नेपाल ल्याई मृतकका पिता शम्भु मण्डललाई बुझाइएको प्रहरीले जनाएको छ।
भारतीय बजार कुनौलीबाट किनमेल गरी फर्किंदै गर्दा हनुमानगर–रम्पुरा मल्हनिया सडकखण्डको जीर्ण पुल पार गर्ने क्रममा मण्डललाई जिता खोलाको बाढीले बगाएको हो।
प्रकाशित मिति: १४:३५ बजे, शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१